News & Events

माओवादी नेता तस्कर र लुटेरा हो : उपेन्द्र यादव

image
सिएफएम सम्वाददाता
राजविराज, २६ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी नेताहरु तस्कर र लुटेरा रहेको आरोप लगाएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आईतवारबाट औपचारिक रुपमा प्रचार प्रसार अभियान सुरु गर्दै नेता यादवले यस्तो आरोप लगाएका हुन् । 
नेता यादवले मुलुकमा रहेको विचोलिया, तस्कर र अपराधीहरु सवै माओवादी नेता÷कार्यकर्ता नै भएको बताए । ‘मुलुकमा जति पनि विचोलिया, तस्कर र अपराधीहरु छन्, ती सवै माओवादीकै नेता÷कार्यकर्ता भएको हो ।’ उनले भने । 
     यस्ता तस्कर र लुटेरा नेतालाई मधेशी जनताले भोटमार्फत जवाफ दिन तयार रहेको नेता यादवले स्पष्ट गरे । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उनले वर्षौदेखि उपेक्षित, उत्पीडित र शोसनमा परेका मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि मधेशवादी दललाई निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताए । 
कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरम नेपाल प्रदेश २ का राजनितिक समिती सदस्य तथा सप्तरी क्षेत्र नं. २ (ख) का उम्मेदवार शैलेश साह, राजपाका सह महासचिव तथा क्षेत्र नं. २ (क) का उम्मेदवार मनिष कुमार सुमनले मधेश गठबन्धनका उम्मेदवारलाई जिताए मात्र संबिधान संसोधन भई मधेशीको अधिकार स्थापीत हुने दावी गरेका छन् । 
 

Program Schedule
Hindi Old Geet/ Gajal 9:15 pm - 10:00 pm National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise