News & Events

दाहालको अन्त्येष्टि

image
सिएफएम सम्वाददाता
राजविराज, ३ मंसिर । आइतबार विहानमात्र निधन भएका छोरा प्रकाश दाहालको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ । माओवादी (केन्द्री) का अध्यक्ष पिता पुष्पकमल दाहालले पुत्र प्रकाशको पार्थिव शरीरमा दाबगत्ती दिएका छन् ।
दिवंगत प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण पिताले दागबत्ती दिएका हुन् । प्रकाशका दुई श्रीमतीबाट दुई छोराहरु छन् । जेठी पत्नी सिर्जना त्रिपाठी तर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । बीना मगरतर्फबाट जन्मिएका छोरा प्रणव ४ वर्ष मात्र पुगेका छन् ।
उमेर सानै भएकाले उनीहरुको ब्रतबन्ध भएको छैन । ब्रतबन्ध नभएका छोराले दागबत्ती दिन नपाउने हिन्दू परम्परा रहँदै आएको छ।
 

Program Schedule
Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise