News & Events

निर्वाचनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण छ : प्रजिअ भागिरथ पाण्डेय

image
सिएफएम सम्वाददाता
राजविराज, ३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यालय सप्तरीले तिव्रताका साथ तयारी थालेको छ । एक साता अघिदेखि मतदाता शिक्षा सञ्चालनमा ल्याएको कार्यालयले आईतवार सप्तरीका सञ्चारकर्मीलाई निर्वाचन र सञ्चार विषयक प्रशिक्षण दिएको छ ।
प्रशिक्षणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, संबैधानिक तथा कानूनी व्यवस्था, निर्वाचनमा सञ्चार माध्यमको भूमिका, आचारसंहिता र आम सञ्चारसंग निर्वाचन कार्यालयको अपेक्षा, मतदान तथा मत गणनाबारे जानकारी गराइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले निर्वाचन सम्बन्धी समाचार लेखन, विश्वसनीयता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउने लगायतका विषयमा जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र आचारसंहिताको पालना र सचेतनामा सञ्चार क्षेत्रको गहन भूमिका रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनलाई राष्ट्रिय महापर्वका रूपमा लिई यो अभिभारालाई सबै मिलेर सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिलिपकुमार यादवले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा लगायतले समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउने प्रतिवद्धता जनाए । कार्यक्रममा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत सानुभाई केशी लगाायतको सहभागी थियो ।
आगामी मंसिर २१ गते दोश्रो चरणमा हुने निर्वाचनका लागि सप्तरीमा २ सय ९५ मतदान स्थल र ४ सय ७८ मतदान केन्द्र निर्धारण गरिएको छ । सप्तरीमा कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता छन् । 
 

Program Schedule
Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise