News & Events

टाउको, हातखुट्टा काटिएको अवस्थामा महिलाको शव फेला

image
सिएफएम सम्वाददाता
राजविराज, ०५ मंसिर । सप्तरीको हनुमाननगर नगरपालिकामा मंङ्गलवार विभत्स हत्या गरिएकी एक महिलाको शव फेला परेको छ । वडा नम्वर ५ स्थित योगीनियाँमा टाउको, हातखुट्टा सहित शरिरका विभिन्न अंग काटेर हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । टाउको, हात खुट्टा र अन्य टुक्रा यत्रतत्र छरिएको ठाउँवाट प्रहरीले शंकलन गरेको सप्तरीका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँले कोशी किनार स्थित झाडिमा फालिएको शवको प्रकृति हेर्दा सुनियोजित रुपमा टुक्रा पारेर वोरामा प्याक गरी कोशी किनारको एकान्त स्थान र मरेका पशुचौपाया फाल्ने ठाउँमा फालेर हत्याराले आफुलाई जोगाउने हदैसम्मको प्रयास गरेको बताउनुभयो । 
        एसपी सिंहले झाडि वाहिर महिलाको खुट्टा देखेपछि आसपासका वासीन्दाले प्रहरीलाई खवर गरेपछि खोजतलास गर्दा करिव ३०/३२ वर्षिया महिलाको शव भेटिएको भन्दै शवको पहिचान हुन नसकेकाले उक्त स्थानमा फेला परेका कपडालगायतका अन्य सामग्रीका आधारमा अनुसन्धान थालिएको बताउनुभयो ।
 

Program Schedule
National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise