News & Events

औद्योगिक क्षेत्रमा अनिश्चितकालिन तालाबन्दी

image
राजविराज, ४ भदौ । व्यवस्थापनमा कर्मचारीले ध्यान नदिदाँ औद्योगिक क्षेत्र धरासायी बन्दै गएको भन्दै सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । 
औद्योगिक क्षेत्रमा नियमित हट लाइन विद्युत सेवा, पानी, सुरक्षा, फोहोर व्यवस्थापन र भत्किएका पर्खालहरु तत्काल मर्मत हुनुपर्ने माग गर्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघले आज (सोमवार) अनश्चितकालिन तालाबन्दी गरेको हो । 
भारत सरकारको सहयोगमा २०५१ सालमा स्थापना गरिएको औद्योगिक क्षेत्र सुरुदेखि नै विभिन्न समस्यावाट प्रभावित हुदै आएपनि कर्मचारीको वेवास्ताका कारण अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष जिवछ यादवको आरोप छ । 
२२ बिग्घा क्षेत्रफलमा अवस्थित औद्योगिक क्षेत्रमा १० मध्ये हाल ३ वटा सेड (उद्योग भवन) मा मात्रै उद्योग सञ्चालन हुदै आएको छ । अन्य सेडको भाडा तिर्दै आएपनि औद्योगिक क्षेत्रमा देखिएका  समस्याले उद्योग सञ्चालन गर्न नसकेको उद्योगीहरुको भनाई छ । 
 

Program Schedule
Hindi Old Geet/ Gajal 9:15 pm - 10:00 pm National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise