News & Events

सामूहिक वलात्कार

image
राजविराज, १२ भदौ । सप्तरीमा एक युवतीको सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
खडक नगरपालिकाकी २० वर्षीय पीडितका परिवारले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । 
रक्षा बन्धनका दिन (आईतवार) खडक नगरपालिका स्थित अर्नाहामा लाग्ने मेला भरेर घर फर्किने क्रममा राति करिब ९ बजे वसन्तपुरमा ती युवतीको बलात्कार भएको हो । मादक पदार्थ सेवन गरेका ५र६ जनाले सामूहिक वलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । 
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) भावेश रिमालले घटनामा संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रण लिएको बताए । उनले अन्य संलग्नको खोजी कार्य भईरहेको बताए ।
 

Program Schedule
Hindi Old Geet/ Gajal 9:15 pm - 10:00 pm National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise