News & Events

हनुमाननगर कंकालिनीमा ३ सय घर डुवान

image
राजविराज, १२ भदौ । सप्तकोशी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् । सोमवार राति अचानक पानी पसेकोले वडा नं. ७ र १२ का ३ सय घर डुवानमा परेको हो । 
वडा नं. १२ स्थित लिलजा ठाकुर आधारभुत विद्यालय समेत डुवानमा परेको छ । भारत पक्षले कोशी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिएका कारण सामान्य अवस्थामै पानी गाउँ पसेको श्रीचन मुखियाले बताए । 
यस विषयमा स्थानिय सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएका कारण आफुहरुलाई डुवानको समस्या खेप्नु परेको उनले गुनासो गरे । 
कोशीको पानी फेरि बस्ती पस्न नदिन र गाउँको सुरक्षाका लागि समन्वय गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
 

Program Schedule
Hindi Old Geet/ Gajal 9:15 pm - 10:00 pm National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise